+
+

पारो एफसीले मकवानपुर गोल्डकप र केपी ओली कप पनि खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते ११:४०

१४ माघ, काठमाडौं । २३औं आहा रारा पोखरा गोल्डकपको पहिलो खेलमै पराजित भएको भुटानको लिग च्याम्पियन टिम पारो एफसीले मकवानपुर गोल्डकप र केपी ओली कप फुटबल पनि खेल्ने भएको छ ।

पहिलो पटक पोखरा आएर आहारारा पोखरा गोल्डकप खेलेको भुटानी क्लब पारो शनिबार क्वाटरफाइनलमा थ्री स्टारसँग अतिरिक्त समयमा २-० ले पराजित हुँदै बाहिरियो ।

टोलीले अब अरु दुई प्रतियोगिता पनि खेल्ने पारोका प्रशिक्षक पुष्पलाल शर्माले जानकारी दिए । ‘हामीले पहिलो पटक आहारारा खेल्यौँ । यहाँ जित्न नसके पनि अनुभव लिन पायौं,’ शर्माले पोष्ट म्याच प्रेस कन्फ्रेन्समा भनेका थिए, ‘हामी अब हेटौंडामा मकवानपुर गोल्डकप र केपी ओली कप पनि खेल्नेछौं । उनले अर्को पटक पोखरा आउँदा जित्ने गरी तयारी गरेर आउने पनि बताए ।

छैटौं स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप  माघ १४ देखि २७ गतेसम्म हेटौंडाको गौरीटार रंगशालामा हुनेछ । जहाँ नेपालका ए डिभिजन क्लबहरुसहित कूल १२ टिमले प्रतिस्पर्धा गर्नेछ ।

यस्तै दोस्रो संस्करणको केपी ओली कप फागुन ११ देखि १९ गतेसम्म काठमाडौं र ललितपुरमा हुनेछ । राष्ट्रिय युवा संघ नेपालले आयोजना गर्ने प्रतियोगितामा कूल १० टिमले खेल्नेछन् । जसमा आयोजकले भारत र भुटानको टिम पनि आउने जानकारी दिए पनि टिमको नाम खुलाएको थिएन । भुटानको पारोले खेल्ने पक्का भए पनि भारतबाट आउने टिमको टुङ्गो लाग्न बाँकी छ ।

नेकपाल एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनको अवसरमा गत वर्षबाट युवा संघले केपी ओली कप नकआउट फुटबल आयोजना गर्न थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?