+
+

केपी ओली कप : एनआरटीलाई पेनाल्टी सुटआउटमा हराएर मछिन्द्रले रक्षा गर्‍यो उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १९ गते २०:३२

१९ फागुन, काठमाडौं । एनआरटीलाई पेनाल्टीसुटआउटमा पराजित गर्दै मछिन्द्र एफसीले शनिवार दोस्रो संस्करणको केपी ओली कपको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल मछिन्द्रले एनआरटीलाई पेनाल्टीसुटआउटमा ५-४ ले पराजित गर्दै उपाधि रक्षा गरेको हो । पहिलो संस्करण पनि मछिन्द्रले जितेको थियो ।

पेनाल्टीसुटआउटमा अन्तिम पेनालटी हानेका एनआरटीका विवेक गुरुङको प्रहार बाहिरिएपछि मछिन्द्र च्याम्पियन बन्यो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै पेनाल्टीसुटआउटबाट भएको हो ।

मछिन्द्रका सनिश श्रेष्ठ, दिवाकर चौधरी, स्टेफन समिर विनोङ, क्रिस्टोफर र देवेन्द्र तामाङले पेनाल्टीमा गोल गरे ।

एनआरटीका लागि भने सरोज तामाङ, सञ्जि विष्ट, अभिषेक लिम्बू र मोहित गुरुङले गोल गरे । विवेक गुरुङको प्रहार भने पोष्ट भन्दा बाहिर गयो ।

च्याम्पियन मछिन्द्रले नगद ११ लाखसहित उपाधि जितेको छ । यस्तै उपविजेता एनआरटीले ५ लाख पायो । प्रतियोगितामा ७ ए डिभिजन क्लब, भारतीय दुई क्लब दिल्ली एफसी र मानेभऽज्याङ एफसी तथा आयोजक टिम गरी १० टिमको सहभागिता थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?