+
+

‘पूजार सार्की’को पोस्टरमा २०४६ सालअघिको सामाजिक अवस्था चित्रण

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते ११:४८

काठमाडौं । अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको शीर्ष भूमिका रहने सोसल-ड्रामा फिल्म ‘पूजार सार्की’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक पोस्टरले पात्र, कथाको सेटिङ र मनोदशाबारे महत्वपूर्ण चित्रण गर्छ ।

पोस्टरमा तीन अभिनेतालाई उनीहरुको भिन्न मुड र ढाकाटोपी अवतारमा प्रस्तुत गरिएको छ । निर्देशक राउतले २०४६ सालअघिको दलित समुदायको अवस्थालाई पोस्टरले दर्शाउन खोजेको बताए । ‘हामीले यसमा उक्त अवधिको कथा भन्न खोजेका हौं,’ राउतले भने ।

मंगलबारदेखि यो फिल्मको छायांकन पोखरा सराङकोटस्थित कास्कीकोट गाउँमा सुरु हुँदैछ । फिल्ममा परीक्षा लिम्बू, अञ्जना बराइली, मोहन निरौला लगायतको समेत अभिनय हुनेछ । यसअघि ‘प्रसाद’, ‘क्लासिक’, ‘नोभेम्बर रेन’, ‘प्रकाश’ लगायत फिल्म निर्देशन गरेका राउतको यो अर्को सोसल–ड्रामा हो । यो फिल्मलाई विकास सुवेदीले लेखेका हुन् ।

सुवेदीका अनुसार यो फिल्मले जातीय विभेदविरुद्ध कम्युनिष्ट नेताको संघर्षको कथा पेश गर्छ । लेखक सुवेदीले आफूले बाल्यकालदेखि देखिआएको संस्मरणलाई पटकथाको रुप दिएको बताए । फिल्मलाई सुवास भुसालले निर्माण गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?