+
+

आईएसएमटी कलेजका ३१९ विद्यार्थी दीक्षित

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १४ गते १७:१७

काठमाडौं । काठमाडौं स्थित बेलायतको सन्डरल्याण्ड विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आईएसएमटी कलेजका ३१९ जना विद्यार्थी दीक्षित भएका छन् ।

१२ माघमा होटल याक एन्ड यतीमा आयोजित विशेष समारोहबीच बीबीए, बीएचएम, बीएस्सी आईटी (सीएसई) उत्तीर्ण ३१९ जना विद्यार्थीहरुलाई दीक्षित गरिएको कलेजले जनाएको छ ।

समारोहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई युनिभर्सिटीले विशेष अवार्ड समेत प्रदान गरिएको थियो ।

दीक्षान्त समारोहमा नेपालका लागि बेलायती राजदूत रोब फेन, सन्डरल्याण्ड विश्वविद्यालयका उच्च तहका प्रतिनिधि, अविभावकहरुको उपस्थिति रहेको थियो ।

आईएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा पनि बीबीए, बीएचएम, बीएस्सी आईटी (सीएसई),  बीएस्सी (हन्स) साइबर सेकुरेटी एन्ड डिजिटल फरेन्सिक्स र एमबीए कार्यक्रम सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?