+
+
फिल्मफेयर अवार्ड :

‘ट्‍वेल्थ फेल’ सर्वोत्कृष्ट फिल्म, अभिनेतातर्फ रणवीर कपुर र अभिनेत्रीमा आलिया भट्ट

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १५ गते १२:०७

काठमाडौं । ६९ औं फिल्मफेयर अवार्डमा ‘ट्वेल्थ फेल’ सर्वोत्कृष्ट फिल्म घोषित भएको छ । सोही फिल्मका लागि विधुविनोद चोपडालाई सर्वोत्कृष्ट निर्देशकको अवार्ड दिइयो भने सर्वोत्कृष्ट पटकथाको अवार्ड पनि यो फिल्मले आफ्नो पोल्टामा पार्‍यो ।

‘एनिमल’बाट रणवीर कपुरले सर्वोत्कृष्ट अभिनेताको अवार्ड पाए भने ‘रकी और रानीकी प्रेम कहानी’बाट आलिया भट्टले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन् । शबाना आजमीले ‘रकी और रानीकी प्रेम कहानी’बाट सहअभिनेत्रीको अवार्ड जितिन् ।

‘ओएमजी २’ लाई सर्वोत्कृष्ट कथाको अवार्ड प्रदान गरियो । इशिता मोइत्राले ‘रकी और रानीकी प्रेम कहानी’का लागि सर्वश्रेष्ठ संवादको लागि फिल्मफेयर पुरस्कार प्राप्त गरे । ‘पठान’को गीत ‘बेशरम रंग’का लागि शिल्पा रावले पार्श्व गायिकाको अवार्ड प्राप्त गरिन् । ‘एनिमल’को ‘अर्जन वैली’ गीत गाएका भुपेन्द्र बब्बलले सर्वश्रेष्ठ पार्श्व गायकको अवार्ड पाए ।

निर्देशक डेभिड धवनलाई भारतीय फिल्ममा उनको योगदानको लागि लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो ।

यस वर्षको फिल्मफेयर अवार्ड समारोह गुजरातको गान्धीनगरस्थित गिफ्ट सिटीमा भएको थियो ।

अवार्ड विजेताको सूची

सर्वोत्कृष्ट फिल्म – ट्वेल्थ फेल

सर्वोत्कृष्ट अभिनेता – रणवीर कपुर (एनिमल)

सर्वोत्कृष्ट अभिनेत्री – आलिया भट्ट (रकी और रानीकी प्रेम कहानी)

सर्वोत्कृष्ट निर्देशक – विधुविनोद चोपडा (ट्वेल्थ फेल)

लाइफ टाइम एचिभमेन्ट अवार्ड – डेविड धवन (निर्देशक)

सर्वोत्कृष्ट डेब्यु अभिनेता (पुरुष) – आदित्य रावल (फराज)

सर्वोत्कृष्ट डेब्यु अभिनेत्री (महिला) – अलिजेह अग्निहोत्री (फर्रे)

सर्वोत्कृष्ट डेब्यु निर्देशक – तरुण डुडेजा (धकधक)

सर्वश्रेष्ठ सहायक अभिनेत्री – शबाना आजमी (रकी और रानीकी प्रेम कहानी)

सर्वोत्कृष्ट सहायक अभिनेता – विक्की कौशल (डंकी)

सर्वोत्कृष्ट अभिनेत्री (समीक्षक) – रानी मुखर्जी (मिसेस चटर्जी भर्सेस नर्वे) र शेफाली शाह (थ्री अफ अस)

सर्वोत्कृष्ट अभिनेता (समीक्षक) – विक्रान्त मेसी (ट्वेल्थ फेल)

सर्वोत्कृष्ट फिल्म (समीक्षक) – जोराम

प्राविधिकतर्फको पुरस्कार यसअघि नै घोषणा भइसकेको थियो । जसमा शाहरुख खानको फिल्म ‘जवान’ले बेस्ट एक्सन विधामा अवार्ड पाएको छ । ‘रकी और रानीकी प्रेम कहानी’को ‘ह्वाट झुम्का’ गीतका लागि गणेश आचार्यले सर्वोत्कृष्ट डान्स कोरियोग्राफी अवार्ड पाए । प्राविधिक अवार्डमा सामबहादुरले सर्वाधिक तीन अवार्ड पायो भने एनिमलले दुई अवार्ड जित्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?