+
+

कार्टुन्ज क्रुले ‘स्वस्थानी भर्सेस ग्याङ’ सिरिज ल्याउँदै, यसरी हुँदैछ छायांकन (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १५ गते १२:३०

काठमाडौं । युवापुस्तामाझ चर्चित डान्सिङ समूह ‘द कार्टुन्ज क्रु’लाई अब सिरिज र फिल्ममा हेर्न पाइने भएको छ । आगामी दुई वर्षमा कथानक फिल्म ल्याउने यो समूहको तयारी छ । गृहकार्यस्वरुप अहिले वेब सिरिज ‘स्वस्थानी भर्सेस ग्याङ’को छायांकन भइरहेको छ ।

समूहका सदस्य सरोज अधिकारी र आश्मा विश्वकर्माले काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा यो एड्भेन्चर र कमेडी सिरिजको छायांकन गरिरहेका छन् ।

सरिन पोखरेलले निर्देशन गरिरहेको सिरिजले विवाहको जग्गे छाडेर भागेकी केटीको कथा पेश गर्छ । सिरिजको शीर्ष भूमिका स्वस्थानीमा आश्माले अभिनय गरिरहेकी छन् । एउटा मोबाइल वरपर केन्द्रित कथावस्तुमा सिरिज बनेको छ ।

अहिलेसम्म दुई एपिसोड छायांकन भएको सिरिजलाई फागुनतिर कार्टुन्ज क्रुकै युट्युब च्यानलमा स्ट्रिमिङ गर्ने तयारी छ । माघभित्रै ट्रेलर आउने जनाइएको छ । एउटा एपिसोडको रनटाइम २८ देखि ३५ मिनेटसम्मको हुनेछ ।

कुल १० एपिसोडको हुने यो सिरिजमा अग्रज अभिनेत्री लक्ष्मी गिरी, जिवेश गुरुङ, अस्मिता खनाल, अभिप्सा खनाल, विजय अधिकारी र संयोग गुरागाईंको अभिनय छ ।

‘हामीले पहिले लभस्टोरी बनाउँथ्यौं । यसपटक भने त्यो जनरा छाडेर कमेडी र एड्भेन्चरतिर लागेका छौं,’ सरोजले अनलाइनखबरसँग भने, ‘दुई वर्षमा फिल्म बनाउने हाम्रो तयारी छ । जसले गर्दा अहिले म्युजिकलाई कम गरिरहेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?