+
+

एटीएम फोड्ने प्रयास गरेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १५ गते १८:३२

१५ माघ, पोखरा । पोखरामा बैंकको एटीएम फोड्ने प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका घर भई हाल पोखरा १७ विरौटा बस्ने २७ वर्षीय राजकुमार भनिने टीकाराम पौडेल छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकका अनुसार पौडेलले पोखरा महानगर ८ मा रहेको एनएमबि बैंकको एटीएम फोड्ने प्रयास गरेका थिए ।

‘बैंकको एटीएम मेसिनबाट पैसा चोरी गर्ने उद्देश्यले हातले मुक्का हानी एटीएम तोडफोड गर्दै गरेको पक्राउ गरिएको हो,’ उनले भने ।

उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएका टोलीले पक्राउ गरेको हो । पक्राउ परेका पौडेललाई कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा ७ दिनको म्याद थपेर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रवक्ता विकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?