+
+

स्वरोजगार लघुवित्तको बोनस सेयर घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १६ गते १०:२२

१६ माघ, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

त्यस्तै सो बोनसको कर प्रयोजनार्थ कम्पनीले ०.३६८ प्रतिशत नगद लाभांश पनि छुट्याएको छ । कुल ४ करोड ६२ लाख रुपैयाँ बराबरको लाभांश लगानीकर्तालाई प्रदान हुने कम्पनीले जनाएको छ । बनेपामा प्रधान कार्यालय रहेको यस लघुवित्तको सेयर मूल्य सोमबार बजार बन्द हुँदा प्रतिकित्ता ६५२ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?