+
+

बीपी प्रतिष्ठानका उपकुलपति कार्कीलाई मोसो दल्‍ने ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १६ गते १३:१०

१६ माघ, काठमाडौं।  मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई मोसो दलेका छन् ।

मंगलबार दिउँसो उपकुलपति कार्कीमाथि मोसो दलेका हुन् । प्रतिष्ठानको समस्या समाधान गर्न चासो नदिएका कारण मोसो दलिएको संगठनका अध्यक्ष हरिस भट्टले बताए ।

मोसो दल्‍ने संगठनका तीन जना कार्यकर्तालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सदिप सिर्पाली, निशान कटवाल र खेम थापा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?