+
+

बीपीका कामु. उपकुलपतिलाई कारबाही गर्न हर्कले लेखे पत्र

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ८ गते १३:५५

८ माघ, सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेका छन् ।

कार्कीले कार्यकारणी समितिको बैठक बसाउन नसेका कारण प्रतिष्ठानका शिक्षक, कर्मचारी, चिकित्सकको समस्या सम्बोधन हुन नसकेको भन्दै मेयर राईले मन्त्रालयलाई कानुन बमोजिम कारबार्ही गर्न पत्र लेखेका हुन् ।

‘स्वास्थ्य मन्त्रालयबाट कार्यकारणी समितिको बैठक तुरुन्तै बसाउन निर्देशन दिएपनि  हालसम्म कुनै बैठक  राख्न नसकेकाले प्रतिष्ठान शिक्षक, कर्मचारी चिकित्सकको माग सम्बोधन जस्ता विषयमा अन्यौता देखिएको छ,’ पत्रमा भनिएको छ, ‘ हालको विद्यमान परिस्थितको समस्याको समाधान गर्न नसकेको हुँदा निजलाई कानुन मुताविक तुरुन्तै आवश्यक कारबाही अघि  बढाइदिनहुन अनुरोध छ  ।’

 हेर्नुहोस् पत्र : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?