+
+

बीपीका उपकुलपतिलाई मोसो दल्नेमाथि छानबिन गरी कारबाही गर्न चिकित्सक संघको माग

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १६ गते १८:३४

१६ माघ, काठमाडौं। बीपी प्रतिष्ठानका उपकुलपति डा. प्रल्हाद कार्कीमाथि मोसो दलेकोप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।

संघले मंगलबार विज्ञप्ति जारी गरेर उपकुलपति कार्कीमाथि भएको दुर्व्‍यवहार अमर्यादित भएको भन्‍दै आपत्ति जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ,’ नेपाल चिकित्सक संघका आजीवन सदस्य वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका का.मु उपकुलपति डा. प्रल्हाद कार्कीज्युसँग समय लिई करिव ११:३० बजेको समयमा ३ जनाको समुहले प्रतिष्ठानको वर्तमान परिस्थितिको सम्बन्धमा छलफल गर्ने नाममा कालो मोसो दल्ने प्रयास जस्तो अमर्यादित क्रियाकलाप गरेको प्रति नेपाल चिकित्सक संघको गम्भीर ध्यानाकर्षण भएको छ ।’

साथै संघले दोषीहरुलाई अविलम्ब छानबिन गरी कारबाही गर्नसमेत माग गरेको छ ।

मंगलबार मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई मोसो दलेका थिए ।

 हेर्नुहोस् विज्ञप्ति : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?