+
+

ब्लड डोनर्स सोसाइटीको रक्तदान अभिमुखीकरण अभियान

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १६ गते १३:२६

काठमाडौं । ब्लड डोनर्स सोसाइटी नेपालले देशका २४ जिल्लाका ४० स्थानहरुमा  रक्तदान तथा यससम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । गत पुस ७ गते झापाबाट यो अभियान सुरु गरेको संस्थाले तराई र पहाडका विभिन्न जिल्लामा कार्यक्रम सम्पन्न गरेको संयोजक अर्जुन अधिकारीले जानकारी दिए ।

उनका अनुसार अबको कार्यक्रम सुर्खेत, दाङ, कपिलवस्तु, पूर्वी नवलपरासी हुँदै माघ २१ गते चितवनमा पुगेर समापन हुनेछ । स्थानीय तह, सामाजिक अभियन्ता, नगरपालिका र विभिन्न संघसंस्थासँग समन्वय गरी अभिमुखीकरण कार्यक्रम र सम्भव भएको स्थानमा रक्तदान कार्यक्रम पनि भइरहेको छ ।

अभियानअन्तर्गत विभिन्न कलेजका विद्यार्थीलाई सुसूचित गराउने कार्य पनि भइरहेको अधिकारीले बताए ।

‘रगतको अभाव भइरहेको अहिलेको समयमा ‘एक घर एक रक्तदाता’ भन्ने नाराका साथ युवामा सचेतना फैलाउने उद्देश्यले अभियान सुरु गरेका छौं । यसले रगत अभावको समस्यामा केही सहयोग गर्ने अपेक्षा राखेका छौं,’ उनले भने ।

मेची-महाकाली अभियानको पश्चिम नेपाल यात्रामा संस्थाका अध्यक्ष अर्जुन अधिकारी, सल्लाहकार बालचन्द्र पोखरेल, महासचिव अञ्जन दवाडी,  सदस्य दीपक घिमिरेलगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?