+
+

बाहिरियो मानवअधिकार उल्लंघन गर्ने सेना, प्रहरी र कर्मचारीको नामावली

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १६ गते २१:३८

१६ माघ, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकार उल्लंघनका दोषी पाइएपछि कारबाहीको लागि सिफारिस गरेकाहरुको नामावली सार्वजनिक गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै आयोगले ६० जनाको नाम बाहिर ल्याएको छ ।

आर्थिक वर्ष २०७९/८० र चालु आर्थिक वर्ष २०८०/८१ मा गरिएको कामकारबाहीबारे जारी विज्ञप्तिमा प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान र निजामती कर्मचारीसहित तत्कालीन विद्रोहीहरुको नाम सार्वजनिक गरेको छ ।

प्रहरीतर्फ ३२ जना कारबाहीको लागि सिफारिस परेका छन् । प्रहरी उपरीक्षकहरु योगेश्वर रोमखामी, रामकुमार खनाल, नारायणकुमार आचार्य र उमाप्रसाद चर्तुवेदी कारबाहीका लागि सिफारिस भएको आयोगले जनाएको छ । प्रहरी नायब उपरीक्षकहरू कामाख्या नारायण सिंह, नारायणप्रसाद चिमोरिया, टेकुनन्द इवा लिम्बु र हनुमान शाहको नाम पनि सूचीमा छ ।

प्रहरी निरीक्षकहरु गोविन्दप्रसाद साह, महेन्द्र दर्नाल, दीपेन्द्र श्रेष्ठ, दुर्गालाल चौधरी र कमलप्रसाद गिरीसहित प्रहरी सहायक निरीक्षकहरु नवराज दाहाल, ऋषि खनाल, राजनप्रसाद नेपाल, खड्गबहादुर कार्की, दिनेश अधिकारी, महाविर राज धावे र वमसुदेव चौधरी पनि सार्वजनिक भएको सूचीमा छन् ।

प्ररही नायब निरीक्षकहरु रामकुमार यादव, श्याम राउत, धर्मेन्द्रकुमार सिंह चक्र बस्नेतसहित प्रहरी हवल्दारहरु भुवनसिंह कार्की, युवराज बस्नेत, हर्कबहादुर थापा, केदार अधिकारी, दलबहादुर कार्की र प्रहरी जवान विनोद ठाकुर, टार्जन गुरुङ र निलम संग्रौला पनि कारवाहीको लागि सिफारिसमा परेका छन् ।

नेपाली सेनाका सेनानीहरु कृष्णमुरारि न्यौपाने, सुरत रावल तथा सहसेनानी चक्रबहादुर कार्की र क्याप्टेन दिनेश थापा पनि कारवाहीमा सिफारिस भएकाहरुको सूचीमा छन् । सशस्त्र प्रहरी बलका सहायक प्ररही उपरीक्षक प्रकाश ओझासहित राष्ट्रिय अनुसन्धानका निरीक्षक लिलाधर पौडेल पनि सूचीकृत छन् ।

निजामति कर्मचारीतर्फ प्रमुख जिल्ला अधिकारीहरु माधवप्रसाद ओझा, शालीग्रााम शर्मा पौड्याल, दीपककुमार पहाडी, सरोजप्रसाद गुरागाई, रमा आचार्य र शिवप्रसाद नेपाल पनि कारवाहीमा परेकाहरुको सूचीमा छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम अधिकारी, विभाग प्रमुख द्रोण पोखरेल, कारागार प्रमुखहरु देवेन्द्रप्रसाद श्रेष्ठ र कमला घिमिरेसहित निमित्त कारागार प्रमुख यामलाल ओली तथा नासु दिपेन्द्रप्रसाद पौडेलको पनि नाम सार्वजनिक भएको छ ।

तत्कालीन नेकपा माओवादीका खण्टे कामी, श्रवणकुमार यादव, रामअवतार महतो, रामविलास यादव, हृदय यादव, प्रभु साह, एसपी किराँती, हरिप्रसाद दाहाल, अर्चन भन्ने मनप्रसाद गौतम र नन्कु बेहना पनि यो सूचीमा छन् ।

सिफारिस गरिएका ६६ मध्ये ६ जनाको हकमा कारवाहीको जानकारी प्राप्त भएकोले नाम सार्वजनिक नगरिएको आयोगले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मानव अधिकार उल्लंघन दुरुत्साहन सम्बन्धी ५८ वटा उजूरी दर्ता भएको र गत वर्षको बाँकीसहित ११७ वटा उजुरी माथि अनुसन्धान भएको आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार यो अवधिमा ४४ वटा उजूरीमा अन्तिम निर्णय हुँदा ३७ वटा उजुरीमा कारवाही तथा क्षतिपूर्तिको लागि सिफारिस र ७ वटा उजुरी तामेली तथा खारेजी गर्ने निर्णय भएको छ ।

सिफारिस भएका ३७ वटा उजुरीमा २१ जना पीडितलाई १४ लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति दिन र १२ जनालाई कारबाही गर्न र अन्य विषयमा १५ सिफारिस गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?