+
+
प्रधानमन्त्री कप :

कर्णालीविरुद्ध आसिफको शतक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १७ गते १५:२४

१७ माघ, काठमाडौं । नेपाल एपीएफ क्लबका ओपनर आसिफ शेखले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशविरुद्ध शतक हानेका छन् ।
आसिफले ११२ बलमा आफनो पिएमकपको दोस्रो शतक पूरा गरे ।

आसिफले दिनेश अधिकारीलाई ४० औं ओभरको तेस्रो बलमा थर्डम्यानमा कट मार्फत चौका हान्दै शतक पूरा गरेका थिए । आसिफ ११४ बलमा १० चौका र २ छक्कासहित १०७ रनमा क्रिजमा छन् ।

यसअघि आसिफ शेखले २०२२ को कर्णालीविरुद्ध नै १ सय ३६ बलमा १५ चौका र १ छक्कासहित १ सय ३० रनको शतकीय इनिङ खेलेका थिए ।

जितको लागि २०७ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले ४० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको छ ।

एक समय ९२–६ को अवस्थामा पुगेको एपीएफलाई आसिफ र अमर राउटेलाले ८५ रनको साझेदारी गर्दै जितको सम्भावना बढाएका छन् । राउटेला ६२ रनमा १ छक्कासहित २२ रनमा क्रिजमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?