+
+
Shares

रोजेको मन्त्रालय नपाएपछि कर्णालीमा मन्त्री शाहले गरे शपथ बहिस्कार

यज्ञ खत्री यज्ञ खत्री
२०८१ वैशाख १८ गते १९:३४

१८ वैशाख, सुर्खेत । मंगलबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो दल नेकपा एमाले र सत्ता सहयात्री नेकपा माओवादी केन्द्रका नेताहरुलाई समेटेर मन्त्रिपरिषदलाई पूर्णता दिए ।

मन्त्री नियुक्त भएका अरु नेताहरुले मंगलबार नै पद तथा गोपनीयताको शपथ लिँदा एमालेकै नेता विनोदकुमार शाह भने आएनन् । स्रोतका अनुसार उनले मुख्यमन्त्री कँडेलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएपछि असन्तुष्टि जनाउँदै शपथ बहिस्कार गरेका हुन् ।

शाहले भौतिक मन्त्रालय चाहेका थिए । ‘मुख्यमन्त्रीज्यूले छलफल नै नगरेर आफुखुसी कषि मन्त्रीमा नियुक्त गर्नुभएछ’, शाह निकट एक सांसदले भने, ‘उहाँ (शाह) मुख्यमन्त्री पछिको प्रदेशकै सिनियर नेता हो । पहिले अर्थमन्त्री भइसक्नुभएको व्यक्ति हो । सेटल गर्नकै लागि कृर्षीमा थन्क्याउन खोजेपछि शपथ नै बहिष्कार गर्नुभएको हो ।’

गत वर्ष प्रदेशसभा निर्वाचनपछि बनेको राजकुमार शर्मा नेतृत्वको एमाले-माओवादी गठबन्धन सरकारमा शाह आर्थिक मामिला तथा योजनामन्त्री थिए । पछि माओवादी- कांग्रेस गठबन्धन बनेपछि एमाले सरकारबाट बाहिरिएको थियो ।

प्रदेशमा एमालेभित्र पनि कँडेल र शाह फरक फरक गुटमा छन् । शाहले आफूले चाहेको मन्त्रालय नपाएको भन्दै शपथ ग्रहण बहिस्कार गरेपछि मुख्यमन्त्री कँडेल र नेता शाह बीच तिक्तता सतहमा आएको छ ।

मुख्यमन्त्री कँडेलले मन्त्रालयको जिम्मेवारी दिदा वरियतामा समेत ख्याल नगरेको शाह निकट नेताहरुको भनाइ छ । ‘मुख्य कुरा वरियताको ख्यालै गरिएन । शपथ ग्रहणमा जानुभन्दा पहिला एक पटक पनि तिम्रो मन्त्रालय यो हो भनेर जानकारी दिइएन’, ती नेताले भने, ‘विनोद कमरेडले कुन मन्त्रालय हो भनेर सोध्दा समेत मुख्यमन्त्रीज्यूले शपथमा आउनुहोस्, मन्त्रालय त्यहीँ थाहा हुन्छ भनेर जवाफ दिनुभयो । अनि यसरी एकलौटी गर्न मिल्छ त ?’

माओवादीसँग सत्ता साझेदारी गर्दा कर्णालीमा एमालेले भौतिक पूर्वाधार तथा शहरी विकास, भूमि, व्यवस्था कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानुन मन्त्रालय परेको थियो । मुख्यमन्त्री कँडेलले आफ्नो दलबाट शेरबहादुर बुढालाई भौतिक पूर्वाधार, विनोदकुमार शाहलाई कृषि मन्त्रालयको जिम्मेवारी दिएका छन् भने आन्तरिक मामिला तथा कानुन मन्त्रालय आफैसँग राखेका छन् ।

साथै उनले शाहकै निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद गमता विकलाई भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्री बनाएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?