+
+

आरम्भ चौतारी लघुवित्तको नाफा ३९ प्रतिशत घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते ९:३०

१८ माघ, काठमाडौं । आरम्भ चौतारी लघुवित्तको खुद नाफा ३९ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार साउनदेखि पुस मसान्तसम्म खुद नाफा १ करोड २४ लाख रुपैयाँ छ । जबकि गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २ करोड ६ लाख रुपैयाँ थियो ।

कम्पनीको ब्याज आम्दानी घट्दा खुद नाफामा असर परेको देखिन्छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३८ करोड २० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो वर्षको सोही अवधिमा ३४ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । पुस मसान्तसम्म वितरणयोग्य नाफा भने २ करोड ४६ लाख रुपैयाँ छ ।

तत्कालीन आरम्भ र चौतारी लघुवित्त मिलेर बनेको यस कम्पनीको सेयर पूँजी ३६ करोड ७१ लाख रुपैयाँ छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८० पैसा छ ।

कम्पनीको निष्क्रिय कर्जा सामान्य घटेको छ । गत वर्षको दोस्रो त्रैमाससम्म ४.६७ प्रतिशत रहेको निष्क्रिय कर्जा अहिले ४.६४ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ३९ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?