+
+

प्रचण्डले सजिलै प्रधानमन्त्री छाड्दैनन् : शशांक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते १७:१८

१८ माघ, नवलपुर । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सजिलै पद नछाड्ने टिप्पणी गरेका छन् ।

नवलपुरमा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस पूर्वमहामन्त्री शशांकले राष्ट्रिय सभा निर्वाचनमा कोशीको परिणामले झड्का लागे पनि सरकार परिवर्तन नहुने बताए । पूर्व समझदारीअनुसार प्रचण्डपछि माधवकुमार नेपाल र शेरबहादुर देउवा प्रधानमन्त्री हुनुपर्ने भन्दै उनले भने, ‘तर प्रचण्डजी अत्यन्त म्यानुपुलेटेड हुनुहुँदोरहेछ । उहाँले सजिलोसँग छोड्नुहुन्न ।’

उनले सरकारको कामकारबाहीप्रति पनि असन्तुष्टि जनाए । प्रधानमन्त्री प्रचण्ड आफैं मन्त्रीहरुको कामसँग सन्तुष्ट नरहेको भन्दै उनले भने, ‘उहाँले परिर्वतन खोज्नुभएको छ । तर यो संयुक्त सरकार भएकाले दलहरुसँग संवाद गर्नुपर्छ ।’

एक फरक प्रसंगमा उनले पार्टीको आसन्न महासमिति बैठकमा संघीयता र धर्मनिरपेक्षताको विषयमा छलफल हुने बताए । संघीयता राम्रो भए पनि सञ्चालन गर्नेहरुको सोच केन्द्रीकृत भएका कारण प्रश्न उठेको उनले बताए ।

धर्मको बारेमा अघिल्लो महासमिति बैठकमै ७०० जनाले लिखित रुपमा दिएको भन्दै उनले भने, ‘जहाँसम्म मेरो प्रश्न छ, धर्मनिरपेक्ष शब्द नकारात्मक शब्द हो, यो हटाउनुपर्छ । धर्म न निरपेक्ष हुन्छ, न सापेक्ष ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?