+
+

बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका चौधरी चिरायु अस्पताल भर्ना

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते २०:५०
अस्पताल भर्ना भएका अजितमान सिंह थापा (बायाँ) र अरुण चौधरी

१८ माघ, काठमाडौं । सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक अजितमानसिंह थापा चिरायु अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या देखिएको भन्दै उनीहरुलाई महराजगञ्जस्थित अस्पताल भर्ना गरिएको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो । जिल्ला अदालत, काठमाडौंले उनीहरुलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

फर्काएर ल्याउँदा उनीहरुलाई हिरासतमा नराखी अस्पताल भर्ना गरिएको हो । पक्राउ परेकामध्ये थापा ८२ वर्षका छन् । उनको मुटुको समस्या छ । चौधरीलाई पनि रक्तचापको समस्या भएको भन्दै अस्पताल भर्ना गरिएको हो ।

यही प्रकरणमा अपराह्न सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई पनि पक्राउ परेका छन् । उनलाई भोलि (शुक्रबार) अदालतमा उपस्थित गराएर म्याद थप गर्ने तयारी छ ।

पहिले बाँसबारी छालाजुत्ता कारखानाको नाममा रहेको १० रोपनी सरकारी जग्गा हाल चाँदबाग रिजेन्सी प्रालिको नाममा छ र त्यहाँ चाँदबाग स्कुल सञ्चालन भइरहेको छ । पक्राउ परेका चौधरी चाँदबाग रिजेन्सी प्रालिको सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?