+
+

२१ माघदेखि महिन्द्रा केयर फेस्ट-२०२४ आयोजना हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १९ गते १९:०५

काठमाडौं । नेपालका लागि महिन्द्रा फोरव्हिलरको एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रालिले २१ माघदेखि महिन्द्रा केयर फेस्ट–२०२४ आयोजना गर्ने भएको छ ।

२१ माघदेखि २६ माघसम्म देशव्यापी आयोजना हुने केयर फेस्टमा कम्पनीले उपलब्ध गराउने विभिन्न सेवादेखि लिएर लुब्रिकेन्ट्स र स्पेयर पार्टसमा १० देखि ५० प्रतिशतसम्म छुट उपलब्ध गराउने छ ।

४५–पोइन्ट चेकअप क्याम्पमा फ्री लेबर चार्ज, फ्री वासिङ, फ्री हेल्थ चेकअप, लुब्रिकेन्ट्स र स्पेयर पार्टसमा १० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटका साथसाथै अन्य उपहार पनि पाउन सक्ने कम्पनीले जनाएको छ ।

देशभरका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागी हुन सक्नेछन् ।

महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आईरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरुमा झैँ ग्राहकहरुको उल्लेख सहभागिता रहने विश्वास गरेको छ ।

ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालिले यसै केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने सुविधा पनि ल्याएको जनाइएको छ । साथै महिन्द्राका सर्टिफाइड युज्ड गाडी खरिद गर्नु परेमा आकर्षक अफर रहेको र यो सेवा काठमाडौँ, भैरहवा र इटहरीमा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?