+
+

सरकारका काम कारबाहीहरुले देश लथालिङ्ग भयो : विष्णु पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २० गते ११:२७

२० माघ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारका कारण देश अप्ठ्यारो स्थितिमा रहेको बताएका छन् ।

शनिबार रुपन्देहीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले देशको राजनीति बिगि्ररहेको बताएका हुन् ।

उनले राजनीति संग्लो नभएसम्म देश ठीक ढंगबाट अघि बढ्न नसक्ने भन्दै सरकार र सरकारका काम कारबाहीहरुले गर्दा देश लथालिंग र भताभुंग भएको आरोप लगाए ।

‘अहिले देशको राजनीति बिग्रिरहेको छ । खासगरी सरकार र सरकारका कामकारबाहीहरुले गर्दा देश लथालिंग छ । भताभुंग भएको छ,’ उनले भने, ‘यसलाई लयमा फर्काउनु पर्ने ट्रयाकबाट हिँडाउनुपर्ने चुनौती छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?