+
+

सत्ता गठबन्धन कुनै पनि बेला टुट्न सक्छ : विष्णु पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते १५:५६

२० फागुन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको सत्तारुढ गठबन्धन आफैंभित्रका समस्या र अन्तरबिरोधले टुट्ने दाबी गरेका छन् ।

आइतबार जनकपुरमा पत्रकारहरुसँगको कुराकानीमा उनले गठबन्धनभित्र आफूहरुले तमासा भइरहेको देखेको बताए ।

‘गठबन्धनभित्रका तमासाहरु हामी देखिरहेका छौँ । त्यो कुन रुपमा विकसित हुन्छ हेरिरहेका छौं । हामी त्यति रुचि र चाखका साथ गठबन्धनलाई हेरिरहेका छैनौं । यो गठबन्धन आफैंभित्रका समस्याहरुले, अन्तरबिरोधले चर्मराइरहेको छ । कुनैपनि बेला टुट्न, फुट्न सक्छ’, उनले भने ।

एमाले उपाध्यक्ष पौडेलले शान्ति सुरक्षा, विकास निर्माण, सुशासन, रोजगारी र अन्तर्राष्ट्रिय सम्बन्धमा सत्ता गठबन्धनकै कारण मुलुकले गम्भीर समस्या झेलिरहेको बताए ।

‘समाजको अग्रगतिका लागि यो गठबन्धन प्रमुख बाधक हो । पछिल्लो दिनमा यो गठबन्धन आफैं भित्रका अन्तरविरोध र समस्याहरुको भुमरीमा फसेको छ । यो कुनै सिद्धान्त, आदर्शबाट गठित गठबन्धन होइन । यो स्वार्थ, लेनदेनमा आधारित छ, लामो समयसम्म चल्न सक्दैन’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?