+

इन्डोस्कोपी कस्तो अवस्थामा गरिन्छ ?

२०८० माघ  २१ गते १३:१३ २०८० माघ २१ गते १३:१३
इन्डोस्कोपी कस्तो अवस्थामा गरिन्छ ?

इन्डोस्कोपी धेरैले सुनिरहेको नाम हो । यो ग्रीक शब्द हो, जसको अर्थ हुन्छ- भित्र हेर्नु । इन्डो अर्थात् भित्र, र स्कोप भन्नाले जाँच गर्नु वा हेर्नु हो ।

शरीरमा घाउ नपारी शरीरको भित्री भाग परीक्षण गर्ने प्रक्रिया नै इन्डोस्कोपी हो । जसमा शरीरको भित्री भागको अवस्था नजिकबाट हेर्न इन्डोस्कोप (उपकरण) प्रयोग गरिन्छ । यो उपकरणमा लामो,  पातलो लचिलो ट्युब हुन्छ । उक्त ट्युबमा प्रकाश र क्यामेरा जडान हुन्छ । यसलाई मुखबाट छिराएर खाद्यनली, पेटलगायतमा के भएको छ भनी प्रष्ट रुपमा मोनिटरमा हेर्न सकिन्छ ।

इन्डोस्कोपीका प्रकार

इन्डोस्कोपी शरीरको विभिन्न अङ्गहरूमा गर्न सकिन्छ । इन्डोस्कोपीलाई अङ्गहरूको आधारमा नामकरण गरिएको छ ।

गस्ट्रोस्कोपी : गस्ट्रोस्कोपीले अन्न नली (इसोफेगस), अमाशय र सानो आन्द्राकको रोग छिटो पत्ता लगाउछ । यसले यी अंगमा सुन्नीएमा, अल्सर र टयुमर पत्ता लगाउछ ।

कोलोनोस्कोपी : कोलोनोस्कोपीले मलद्धार रोगको समस्या पहिचान गर्छ। मलद्वारबाट पाइप छिराएर मलद्वारको भित्री अवस्था, ठुलो आन्द्राको अवस्था चेक जाँच गर्ने विधीलाई कोलोनोस्कोपी भनिन्छ ।
(कोलोनोस्कोपीले पेटको तल्लो भागको जाँच गरिन्छ भने इन्डोस्कोपीले पेटको माथिल्लो भागको चेक जाँच गरिन्छ । यी दुवै चेक जाँच गर्ने प्रक्रिया एउटै हुन् तर यसको नाम र चेक गर्ने शरीरको अङ्ग भने फरक रहेको हुन्छ ।)

ब्रोन्कोस्कोपी : यसले फोक्सोमा भएको समस्याहरूको पहिचान गर्छ। यसले विभिन्न श्वासप्रश्वासको प्रणाली र अन्य फोक्सो सम्बन्धि समस्याहरू जस्तै ट्युमरहरू, इन्फेक्सन, र श्वासप्रश्वास सम्बन्धि समस्याहरू पहिचान गर्छ ।

साइटोस्कोपी : यसले पिसाबसम्बन्धी समस्याहरू जस्तै यूरिनरी ट्याक, पिसाबमा रगत र संक्रमण पहिचान गर्छ ।

न्यूरोइन्डोस्कोपी : यसले मस्तिष्क र स्पाइनको समस्याहरू जस्तै हाइड्रोसेफालस, ट्यूमर, र विभिन्न न्यूरोलोजिकल समस्याहरूको पहिचान गर्छ ।

कस्तो अवस्थामा सिफारिस गरिन्छ ?

दुई कारणमा इन्डोस्कोपी गर्न सिफारिस गरिन्छ । एउटा बिरामीले बताएको लक्षणको आधारमा जाँच गर्न र अर्को भनेको शल्यक्रिया गर्दागर्दै हेर्नुपर्ने अवस्थामा पनि इन्डोस्कोपी गरिन्छ ।

खानेकुरा निल्न समस्या भइराख्दा, लामो समयसम्म पेटमा दुखाइ हुँदा, तारन्तार बान्ता भइराख्दा र दिसा- पिसाबमा रगत देखापर्दा, त्यसको कारण पत्ता लगाउन इन्डोस्कोपी सल्लाहको दिइन्छ ।

रक्तश्राव हुने अल्सर, टयुमर वा क्यान्सर हटाउने प्रक्रियामा पनि इन्डोस्कोपीको प्रयोग हुन्छ ।

एक्स-रेले कुनै अङ्गको स्पष्ट रिपोर्ट नआए पनि आवश्यकता अनुसार इन्डोस्कोपी गरिन्छ।

रोग अनुसार निदान

ग्यास्ट्रोएसोफेगल रिफ्लक्स  : यो दीर्घकालीन रोग हो, जसमा पेटको अम्ल अन्ननलीमा पुगी भित्रि तहमा हानि गर्छ । इन्डोस्कोपीमार्फत अन्ननलीको अवस्था थाहा पाउन सकिन्छ ।

—गाँठा गुठी : पेट वा अन्ननली वरिपरि कुनै गाँठो छ । र, त्यस्तो गाँठो बढ्दै गएमा इन्डोस्कोपीमार्फत हेर्न सकिन्छ। यसको आकारले पनि क्यान्सरको जोखिम छ वा छैन बुझ्न सकिन्छ । जसअनुसार कस्तो उपचार गर्ने भन्ने तय हुन्छ ।

—अन्ननली सुन्नीनु : अन्ननलीका नलीहरु सामान्य भन्दा ठूला भई सुन्निएमा इन्डोस्कोपीले बढिरहकोरक्त नलीहरू हेर्न, तिनीहरूको आकार र गम्भीरताको मूल्याङ्कन गर्न मद्दत गर्छ ।

—पेटको आन्द्रा सुन्नीनु : पेटको आन्द्राहरु सुन्निने कारणहरू इन्डोस्कोपी मार्फत देख्न सकिन्छ। यस भित्री दृश्यको आधारमा सुन्निएको उपचारको योजना बनाउन सकिन्छ।

—पेटको अल्सर :  पेटको अल्सरलाई पेप्टिक अल्सर पनि भनिन्छ। इन्डोस्कोपीले पेप्टिक अल्सरको निदान र उपचारमा मद्दत गर्छ।

—ग्यास्ट्रो इसोफेगस साँघुरिनु : कुनै कारणवश अन्ननली वा पेटको भित्री ठाउँ साँघुरो हुन्छ। इन्डोस्कोपीले ग्यास्ट्रो एसोफेजियल साइट इमेजिङ गरेर निदानमा मद्दत गर्छ।

कसरी गरिन्छ ?

यो प्रक्रियामा खालिपेटमा गरिन्छ । सुरुमा बिरामीलाई बेडमा सुताइन्छ ।

रक्तचाप र मुटुको चाललाई हेर्न मोनिटर जोडिन्छ ।

त्यसपछि लोकल एनेस्थेसिया दिइन्छ । इन्डोस्कोपी मुखमा हाल्न घाँटी सुन्नाउन मुखमै एनेस्थेसिया दिन सकिन्छ । ( इन्डोस्कोपीको टुप्पोमा क्यामरा र लाइट जडान गरिएको हुन्छ ।)

त्यसपछि इन्डोस्कोपी मुखमा राखेर निल्न लगाइन्छ । यो प्रक्रियाको समयमा हल्का दबाब महसुस हुनसक्छ । यो समय सासको प्रक्रिया रोकिदैन । र, नबोली बस्न लगाइन्छ ।

— इन्डोस्कोपी अन्ननलीबाट तल आन्द्रामा जादै गर्दा मोनिटरबाट पाचन अवस्था प्रत्यक्ष क्यामराबाट हेरिन्छ ।

— फेरी जाँच वा आवश्यक प्रक्रिया पुरा भएपछि मासु पलाएको भएमा हटाउने शल्यउपकरण इन्डोस्कोपीकोे माध्यमबाट पसाइन्छ । क्यान्सरको शंका लागे वायोस्पी गर्न सानो टुक्रा लिइन्छ ।

यति भएपछि विस्तारै विस्तारै इन्डोस्कोपी मुखबाट हटाइन्छ ।

यो प्रक्रियामा दुखाइ हुन्छ ?

लोकल एनेस्थेसिया दिइएको कारण दुखाई हुँदैन । तर, कसैलाई भने सहनसक्ने दुखाइ महसुस हुनसक्छ ।

यस्तै, समय भने समस्या पहिचान गर्नको लागि सुरु गरेको ३ मिनेटसम्म लाग्छ । शल्यक्रिया पनि सँगै गर्नपर्ने छ भने आधादेखि एक घण्टा पनि अवस्था हेरेर गर्नुपर्छ ।

जोखिम

—पेट फुल्नु ।
—हल्का रक्तश्राव ।
—जुन भागमा गरिएको हो त्यो भागमा सङ्क्रमण हुनसक्छ ।
—पेट, अन्ननली वा आन्द्रामा प्वाल पर्नु,
यी लक्षण देखिए तुरुन्त अस्पताल जानुपर्छ ।

कति खर्च लाग्छ ?

सरकारी अस्पतालमा इन्डोस्कोपीको ५ देखि ६ हजार र क्लोनोस्कोपीको ७ देखि ९ हजार लाग्नसक्छ । जुन अस्पताल अनुसार शुल्कमा केही फरक पर्न सक्छ ।

त्यस्तै, सरकारी अस्पतालमा इन्डोस्कोपीको ओसतमा २ हजार र क्लोनोस्कोपी गर्दा ४ हजार लाग्छ ।

फाइदा
— इन्डोस्कोपीमा प्रयोग गरिएको क्यामराले आन्तरिक अंगहरूको स्पष्ट तस्विर लिन्छ ।
—ठुलो चिरफार नगरी विना दुखाई भित्रि अङ्गको समस्या पत्ता लगाउँछ ।
— एकैसमयमा रोग पत्ता लगाउन देखि शल्यक्रिया र शंकास्पद क्यान्सरको वायोस्पी लिन सकिन्छ ।

 

इन्डोस्कोपी डा. सुरेन्द्र शाह मेडिकल उपकरण स्वास्थ्य
डा. सुरेन्द्र शाह
लेखक
डा. सुरेन्द्र शाह
ग्यास्ट्रोइन्टेस्टिनल लेजर एण्ड ल्याप्रोस्कोपिक सर्जन

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ४८९३ अध्ययन : एमबीबीएस, जनरल सर्जरीमा एमएस, ग्यास्ट्रोइन्टेस्टेनियल, हेपाटोबिलोरी र प्यानक्रिएटिक सर्जरी ल्याप्रोस्कोपिक सर्जरी, लेजर थेरापीमा तालिम हाल ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौंस्थित बयोधा अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय