+
+

सांसदलाई गाइड गर्न रास्वपाका दुई उपसभापतिलाई जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते १३:१०
रास्वपाका उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डीपी अर्याल

२१ माघ, काठमाडौं । पार्टी र संसदलाई समन्वय गर्ने गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई उपसभापति डा. स्वर्णिम वाग्ले र डीपी अर्याललाई जिम्मेवारी दिएको छ ।

संसदमा पार्टीको तर्फबाट हुने प्रस्तुतीलाई थप प्रभावकारी बनाउने गरी दुई उपसभापतिले जिम्मेवारी पाएको सहप्रवक्ता मनिष झाले जानकारी दिए । ‘एक जनाले पार्टीको तर्फबाट सदनलाई कसरी हेर्नेबारे र अर्को उपसभापतिले सदनबाट राजनीतिलाई कसरी हेर्ने भनी सांसदहरुलाई प्रशिक्षित गराउनुहुन्छ,’ सहप्रवक्ता झाले भने ।

पार्टीबाट सदनमा प्रस्तुत हुने विषयमा सांसदलाई उपसभापति अर्यालले प्रशिक्षित गराउने छन् । सदनबाट राजनीतिलाई हेर्ने दृष्टिकोणका बारेमा उपसभापति वाग्लेले रास्वपा सांसदलाई गाइड गर्ने छन् ।

झाका अनुसार हरेक दिनको संसद बैठक अघि रास्वपा सांसदहरुको छलफल बोलाउने तयारी पार्टीले गरिरहेको छ । सोमबारबाट बस्ने संसद बैठक अघि २ बजेका लागि संसदीय दलको बैठक बोलाइएको छ । ‘अहिलेसम्म हामी जुन रुपमा प्रस्तुत भइरहेका छौं । स्वमूल्यांकन गर्दा योभन्दा बढी गर्न सकिन्छ भन्ने लागेको छ,’ झाले अनलाइनखबरसँग भने, ‘संसदमा रास्वपा सांसदको प्रस्तुतीमा एकरुपता ल्याउन खोजेका हौं ।’

गत शुक्रबार पनि रास्वपाको संसदीय दलको बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?