+
+

पुकुलाई लिएर अष्ट्रेलिया उडे बल्छी धुर्वे, ‘हल्का रमाइलो’को केही एपिसोड खिच्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते १४:५७

काठमाडौं । नेपाली टेलिश्रृंखलाका चर्चित कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ एक महिना लामो बसाइका लागि आइतबार अष्ट्रेलिया उडेका छन् । ‘हल्का रमाइलो’ फेम्ड पुजन घिमिरे ‘पुकु’लाई लिएर सिड्नी उडेका हुन् ।

अष्ट्रेलिया बसाइमा उनले ‘हल्का रमाइलो’को केही एपिसोड र एक नयाँ सिरिज सुटिङ गर्ने, आफैंले गाएको एक म्युजिक भिडियो पनि खिच्ने र कार्यक्रममा सहभागी हुने उनको योजना छ ।

अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थी आउँदा-जाँदादेखि त्यहाँ अध्ययन र कामका लागि गर्ने संघर्ष र जीवनशैलीलाई उनले एक घण्टाको नयाँ सिरिजमा समावेश गर्ने भएका छन् ।

‘अष्ट्रेलियामा रहेका विद्यार्थीको राम्रो र नराम्रो दुवै पक्षलाई केलाएर एउटा कार्यक्रम बनाउँछु । यसपटक सिरिज नै बनाउने हो । यससँगै हल्का रमाइलोका केही एपिसोड सुट गर्ने तयारी छ,’ उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले भने ।

यीबाहेक सिड्नी, मेलबर्न र क्यानबेरामा यूटीसी नामक संस्थाले बल्छी धुर्वेलाई लिएर कार्यक्रम गर्दैछ । विदेश जाने भएपछि उनी केही सातादेखि ‘हल्का रमाइलो’को केही स्टक एपिसोड छायांकन र लेखन गर्नमा उनी व्यस्त थिए ।

विदेशमा रहेका नेपालीको संघर्ष र जीवनबारे कार्यक्रम बनाउँदा उनीहरुसँग जोडिन सक्ने र डायस्पोरा बजारमा पनि अझै बृहत हुने बल्छी धुर्वेको विश्लेषण छ । ‘हामीले बनाएको चीजले उहाँहरुलाई छुनुपर्‍यो । हामी आफैं जाँदा पनि दुई-पाँच हजार जनासँग भेट हुन्छ । यो निकै राम्रो पक्ष हो,’ उनले भने ।

बल्छी धुर्वे र पुकुको लागि यो महिनाको दोस्रो दौडाहा हो । केही साताअघि उनीहरु कतारमा कार्यक्रम गरेर फर्किएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?