+
+

माओवादी संसदीय दलको बैठक मंगलबार पनि बस्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते १२:३३

२२ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक मंगलबार पनि बस्ने भएको छ ।

सोमबार बसेको बैठकमा सुरुमै पार्टीका संसदीय दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिउँदे अधिवेशनका सन्दर्भमा सरकारले गरेको तयारीका विषयमा जानकारी गराएका थिए । उनले सांसदहरुलाई संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा पनि निर्देशन दिएका थिए ।

त्यसपछि १२ जना सांसदले आफ्नो धारणा राखेको माओवादी सांसद लेखनाथ दाहालले जानकारी दिए ।

‘बाँकी माननीयहरुले भोलि बिहान ९ बजे बस्ने बैठकमा आफ्नो धारणा राख्नुहुन्छ । अन्तिममा अध्यक्ष प्रचण्डले जवाफ दिएपछि संसदीय दलको बैठक सकिन्छ’. सांसद दाहालले अनलाइनखबरसँग भने ।

बैठक संसदीय दलको कार्यालय सिंहदरवारमा बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?