+
+

यी हुन् अमेरिकामा सर्वाधिक प्रयोग हुने सोसल मिडिया प्लाटफर्म

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते १०:४९

विश्वमा अहिले विभिन्न सोसल मिडिया एपहरु छन् । तर सबैभन्दा जब सबैभन्दा धेरै प्रयोग गरिने एपको कुरा आउँछ, तब त्यो बताउन केही गाह्रो हुन्छ । किनकि विश्वका हरेक दिशपिच्छे सर्वाधिक प्रयोग हुने सोसल मिडिया एपमा भिन्नता छ । अर्थात् कुनै देशमा एउटा सोसल मिडियाका प्रयोगकर्ता धेरै छन् त अर्को देशमा अर्को एप बढी लोकप्रिय हुन्छ । हालैको एक अध्ययनले युट्युब र फेसबुक अमेरिकामा सबैभन्दा धेरै प्रयोग हुने सोसल मिडिया प्लाटर्फम भएको तथ्यको खुलासा गरेको छ ।

Pew रिसर्च सेन्टरले हालै सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार अमेरिकामा हरेक १० जनामा ८ जना व्यक्तिले युट्युब चलाउने गर्छन् ।

अमेरिकामा सर्वाधिक प्रयोग हुने सोसल मिडिया एपको दोस्रो स्थानमा फेसबुक रहेको छ । अमेरिकामा ६८ प्रतिशतले फेसबुक चलाउने गरेका छन् भने तेस्रो स्थानमा रहेको इन्स्टाग्रामका प्रयोगकर्ता ४७ प्रतिशत छन् ।

रिपोर्ट अनुसार युट्युब मात्र एउटा यस्तो एप हो जुन वयस्क तथा बालबालिका दुवैबीच लोकप्रिय छ ।

गत सेप्टेम्बरमा गरिएको उक्त सर्भेक्षणमा ५ हजार ७३३ जना अमेरिकीहरुले सहभागिता जनाएका थिए ।

जस अनुसार टिकटक चाहिं अमेरिकामा सर्वाधिक प्रयोग हुने चौथो एपको रुपमा रहेको छ, जसका प्रयोगकर्ता ३३ प्रतिशत छन् । त्यसपछि Pinterest, LinkedIn, ह्वाट्सएप र स्नापच्याट छन् । त्यसैगरी हरेक पाँचमा एकजना अमेरिकीले एक्स तथा रेडिट प्रयोग गर्ने गरेका छन् ।

रिपोर्ट अनुसार ३० वर्षभन्दा कम उमेरका अमेरिकीहरुमा इन्स्टाग्राम, स्नापच्याट र टिकटक सबैभन्दा लोकप्रिय देखिएका छन् । जबकि ३० देखि ४९ वर्ष उमेर समूहका प्रयोगकर्ताले सबैभनदा बढि लिंक्डइन, ह्वाट्सएप र फेसबुक प्रयोग गर्ने गरेका छन् । त्यस्तै महिलाहरुको बीचमा पिन्टेरेस्ट सबैभन्दा लोकप्रिय भएको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?