+
+

बुढाथोकीको निधनमा कांग्रेसले तीन दिन झण्डा झुकाउने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते ११:५१

२३ माघ, काठमाडौं । नेपाली कांग्रेसले पार्टी कार्यालयमा तीन दिन झण्डा आधा झुकाउने भएको छ ।

पूर्वमन्त्री एवं केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा आजदेखि २५ माघसम्म पार्टीका कार्यालयको झण्डा आधा झुकाउने भएको हो ।

आज बसेको पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ ।

बुढाथोकीको निधनमा समुदायमा कांग्रेस अभियान स्थगित गरिएको छ । महामन्त्री गगन थापाले गरिरहेको संवाद यात्रा पनि रोकेका छन् ।

२४ माघमा केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने कांग्रेसले निर्णय गरेको छ । बुढाथोकीको निधन भएको १३ औं दिनमा झापामा शोक सभा आयोजना गर्ने कांग्रेसले निर्णय गरेको छ ।

७९ वर्षीय बुढाथोकीको गएराति विराटनगरस्थित विराट अस्पतालमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?