+
+

निमा एकेडेमीले फागुनमा जेन कन्फेरेन्सको आयोजना गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते १३:३९

२३ माघ, काठमाडौं । निमा एकेडेमीले फागुन ३ र ४ गते जेन कन्फेरेन्स १.० को आयोजना गर्ने भएको छ । निमा एकेडेमी, एडचेन्ज नेपाल र जियोजेब्रा नेटवर्क अफ नेपालको संयुक्त आयोजनामा काठमाडौँको ज्ञानेश्वरस्थित हन्च कम्प्लेक्स प्राङ्गणमा उक्त कन्फेरेन्स गर्न लागिएको आयोजकले जनाएको छ ।

उक्त सम्‍मेलनमा विद्यालयलाई २१औ शताब्दीको प्रगतिशील नमुना विद्यालयको रूपमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुने निमा एकेडेमीकी कन्भेनर जानकी शर्माले जानकारी दिइन् ।

उनका अनुसार उक्त सम्मेलनमा २१ औ शताब्दीका सीप तथा चुनौतीहरू सम्बन्धि छलफल हुनेछ। साथै शिक्षालाई युगसुहाउँदो बनाउन विभिन्न सोच तथा शैक्षिक आयाममाथि छलफल हुनेछ ।

प्रगतिशील विद्यालयको लागि आवश्यक पर्ने नेतृत्व विकास, शिक्षकको पेसागत विकास, आवश्यक शिक्षण प्रविधिको पहिचान सम्मेलनका मुख्य आकर्षण हुने आयोजकले जनाएको छ ।

सम्मेलनको घोषणापत्रमा २१औ शताब्दीका लागि चाहिने सिपयुक्त विद्यार्थी तयार पार्न कस्तो रणनीति अपनाउनुपर्छ भन्ने कुरा उल्लेख गरिएको छ । उक्त सम्मेलनमा ४ ओटा विधामा विषय विशेषज्ञबाट प्रस्तुति दिइने छ । यसमा १३ वटा कार्यशाला र ३६ ओटा एबउभच एचभकभलतबतष्यल हुनेछ ।

कार्यक्रममा प्रमुख वक्ताको रूपमा थाइल्यान्डको महिडोल विश्वविद्यालयकी एलुमुनाई ओन्ग डी जीन, त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्रोफेसर राजेन्द्र कुँवर र नेपाल खुला विश्वविद्यालयका एसोसिएट प्रोफेसर जीवन खड्का रहेका छन् ।

यस सम्मेलनमा सम्बन्धित क्षेत्रका विज्ञले विद्यालयमा प्रोग्रेसिभ नेतृत्व, डिजिटल लर्निङ अभ्यास, पाठ्यव्रmममा नवीनता, शिक्षकको व्यावसायिक विकास, मूल्याङ्कन रणनीति जस्ता थिममा रहेर आफ्नो ज्ञान तथा अनुभवको प्रस्तुति दिने छन् ।

यस सम्मेलनमा गणित, कम्प्युटर, विज्ञान लगायत सम्पूर्ण विषय शिक्षकहरूलाई लक्षित हुने गरी वर्कसपको डिजाइन गरिएको छ । यस सम्मेलनमा विशेष गरी शिक्षा क्षेत्रमा कार्यरत वा रुचि राख्ने जो कोही पनि भाग लिन सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?