+
+

भारतसँग पराजित हुँदै नेपाल साफ यू-१९ महिला फुटबलबाट बाहिरियो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते १६:५४

२३ माघ, काठमाडौं । साफ यू-१९ महिला च्याम्पियनसिपअन्तर्गत समुह चरणको अन्तिम खेलमा भारतसँग ४-० ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो हाफ शून्यको बराबरीमा सकिए पनि खेलको दोस्रो हाफमा भारतले ४ गोल गरेको हो ।

भारतका लागि खेलको ५४ औं मिनेट र ८१ मिनेटमा नेहाले गोल गरिन् । ८६ औं मिनेटमा सुलन्जना राउलले र त्यसपछि सिन्डी कोनीले गोल गर्दै नेपाललाई ४–० ले पछि पारिन् ।

यो हारसँगै चार टिम सम्मिलित प्रतियोगितामा भुटान र नेपाल बाहिरिएका छन् । भारतले बिहीबार घरेलु टिम बंगलादेशसँग फाइनल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?