+
+

साफ यू-१९ महिला च्याम्पियनसिपको लागि ३५ खेलाडी क्याम्पमा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २० गते २१:३४

२० पुस, काठमाडौं । साफ यू-१९ महिला च्याम्पियनसिपका लागि यू-१९ राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षणमा ३५ खेलाडीलाई बोलाइएको छ ।

मुख्य प्रशिक्षक बाल गोपाल साहुखलले शुक्रबार बन्द प्रशिक्षणका लागि ३५ खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

जिल्ला, प्रदेश र केन्द्रिय स्तरमा छनोट प्रक्रियापछि बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गरिएको एन्फाले जनाएको छ ।

छनोट भएका खेलाडीहरुलाई नागरिकता वा पासपोर्ट लिएर आइतबार (पुस २२ गते) बिहान १० बजे एन्फा कम्प्लेक्समा उपस्थित हुन एन्फाले जानकारी गराएको छ  ।

साफ यू-१९ महिला च्याम्पियनसिप आगामी फेब्रुअरी २ देखि ८ सम्म बंगलादेशको ढाकमा हुनेछ । जहाँ नेपाल र बंगलादेशसहित भारत र भुटान गरी चार टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रारम्भिक टोली:

गोलिकपर : लिला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, राधिका ओली

डिफेण्डर : दिव्य यसमाली मगर, सिता रोकाया, अमिता भुल, रेनु लिम्बु, गंगा रोकाया, सानु माया वाइवा, प्रशाना भुजेल, रोजिता विष्ट, सिमरन राई, सरिता कुमारी नाथ, माया मास्के, दिपा मगर, रुपा लिम्बु

मिडफिल्डर : भु कुमारी खड्का, झुमा विश्वकर्मा, बिर्सना चौधरी, सुशिला केसी, सबिता मन्डल, काजल स्याङ्गतान, भावना परियार, साराह बज्राचार्य, पुनम चेम्जोङ

फरवार्ड : सेनु परियार, समिक्षा मगर, सजिना स्याङ्गतान, लिला चन्द ठकुरी, सुक्रिया मिया, बर्षा ओली, साधना थावा, पुर्निमा राई, मिना देउवा ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?