+
+

साफ यू-१९ फुटबलमा नेपालको पहिलो जित

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते १८:३४

२१ माघ, काठमाडौं । साफ यू-१९ वुमन्स च्याम्पियनसिपमा भुटानसँगको खेलमा नेपाल विजयी भएको छ ।

बंगलादेशको बीएसएसएमके स्टेडियममा भएको खेलमा नेपालले भुटानलाई १–० ले हराएको हो ।

नेपालका लागि सेनु परियारले निर्णायक गोल गरिन् । उनले खेलको ५४ औं मिनेटमा गरेको गोल नै नेपालका लागि विजयी गोल सावित भएको हो ।

यसअघि पहिलो खेलमा भने नेपाल घरेलु टिम बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । भारत, बंगलादेश, भुटान र नेपाल सम्मिलित यस प्रतियोगितामा नेपालले मंगलबार भारतसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?