+

नेपालसँग खेल्ने क्यानडाको टोली घोषणा

२०८० माघ  २४ गते १३:३२ २०८० माघ २४ गते १३:३२
नेपालसँग खेल्ने क्यानडाको टोली घोषणा

२४ माघ, काठमाडौं । घरेलु टोली नेपालसँग खेल्ने तीन ओडीआई खेलको सिरिजका लागि क्यानडाले अन्तिम टोली घोषणा गरेको छ ।

कप्तान साद बिन जाफरको कप्तानीमा क्यानडाले १५ सदस्य टोली घोषणा गरेको छ । नेपालका पूर्व प्रशिक्षक पुबुदु दसानायिकेले बलियो टोली घोषणा गरेका छन् ।

नेपाल र क्यानडाबीच माघ २५, २७ र २९ मा त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज नेदरल्यान्ड्स र नामिबियासँग खेल्नु अघि क्यानडासँग तयारी स्वरुप तीन खेलको सिरिज खेल्न लागेको हो ।

यसै साता हङकङ र मलेसियासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेर क्यानडा नेपाल आएको हो । उक्त सिरिज अन्तर्गत हङकङविरुद्ध १२४ रनको शतकीय इनिङ खेलेका १७ वर्षीय युवराज सिंह शर्मा भने नेपाल आउने टोलीमा छैनन् ।

क्यानडासँग खेल्ने नेपालले पनि टोली घोषणा गरि सकेको छ ।

क्यानडाको टोली

साद बिन जाफर (कप्तान), आरोन जोनसन, डिलोन हेलिगर, दिलप्रीत बाजवा, हर्ष ठकेर, कलिम साना, नभनीत धलिवाल, निकोलस किर्टोन, निखिल दत्त, परगत सिंह, शाहिद अहमड्जाई, श्रेयस मोभा, श्रीमन्था विजयरत्ने, ईश्वरजोत सोही र उदय भगवान ।

क्यानडासँग खेल्ने नेपाली टोली

रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित नारायण राजवंशी, आकाश चन्द र अनिलकुमार साह ।

क्यानडा क्रिकेट नेपाल भर्सेस क्यानडा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय