+
+

सीवाईसी लघुवित्तको सञ्चालन खर्च बढ्दा १९ प्रतिशत घट्यो नाफा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते ९:३३

२५ माघ, काठमाडौं । सीवाईसी लघुवित्त वित्तीय संस्थाको ब्याज आम्दानी बढे पनि नाफा भने १९ प्रतिशत घटेको छ । कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार ६ महिनामा खुद नाफा १ करोड ९१ लाख रुपैयाँ छ ।

गत वर्षको यसै अवधिमा २ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने बढेको छ । गत वर्षको दोस्रो त्रैमासमा खुद ब्याज आम्दानी १२ करोड १४ लाख रहेकोमा अहिले सोही अवधिमा १३ करोड १८ लाख रहेको छ ।

कम्पनीको सञ्चालन खर्च बढ्दा नाफा घटेको देखिन्छ । सञ्चालन खर्च गत वर्षको दोस्रो त्रैमासमा ११ करोड १३ लाख रुपैयाँ रहेकोमा यो वर्षको दोस्रो त्रैमासमा १४ करोड ७० लाख पुगेको छ ।

कम्पनीको निष्क्रिय कर्जा सामान्य बढेको छ । पहिले कुल कर्जामा ४.६२ प्रतिशत रहेको यस्तो कर्जा अहिले ४.७७ प्रतिशत छ । त्यस्तै वार्षिक प्रतिसेयर आम्दानी १५ रुपैयाँ ८४ पैसा छ । प्रतिसेयर नेटवर्थ २१४ रुपैयाँ ३२ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?