+
+

विधान मस्यौदामाथि आएका सुझावमाथि छलफल गर्न माओवादी स्थायी समिति बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २६ गते ११:०९

२६ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आजदेखि सुरु हुने भएको छ । फागुन पहिलो सातादेखि सुरु हुने विधान अधिवेशनको तयारीका लागि आज र भोलि स्थायी समिति बैठक बस्न लागेको हो ।

बैठकमा प्रस्तावित मस्यौदा विधानमाथि छलफल हुने जनाइएको छ । उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको समितिले मस्यौदा तयार पारेर यसअघि नै पार्टीलाई बुझाएको थियो । उक्त मस्यौतामा पार्टीका तल्ला कमिटीसम्म छलफल गरेर २४ माघमा लिखित सुझाव आएपछि स्थायी समिति बैठकले ती सुझावमाथि छलफल गर्न लागेको हो । मस्यौदामाथि तलबाट आएका सुझाव र सल्लाह बैठकमा प्रस्तुत गर्ने माओवादीको तयारी छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अधिवेशनको तयारीका विषयमा बुधबार पार्टी पदाधिकारीहरूसँग छलफल गरेका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विधानलाई चुस्त दुरुस्त बनाउने लगायत प्राविधिक विषयमा छलफल भएको थियो ।

स्थायी समितिले पारित गरेपछि सोही मस्यौदालाई विधान अधिवेशनमा पेस गरिने छ । माओवादी केन्द्रको विधान अधिवेशन आगामी फागुन १ गतेदेखि ३ गतेसम्म काठमाडौंमा हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?