+
+

लक्ष्मी बर्देवा अभिनित ‘हामी तीन भाई’को छायांकन सम्पन्न*

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २६ गते १८:१७

काठमाडौं । अभिनेत्री लक्ष्मी बर्देवाको शीर्ष भूमिका रहेको फिल्म ‘हामी तीन भाई’को छायांकन सकिएको छ । मधुसुधन भट्टराई निर्देशित यो फिल्म अहिले डबिङको तयारीमा छ ।

फिल्मलाई २०८० सालभित्रै प्रदर्शनको लक्ष्य राखिएको जानकारी निर्देशक भट्टराईले दिए । सम्पादन सकिएपछि अब डबिङ सुरु हुने उनले बताए । सामाजिक र पारिवारिक कथावस्तु समेटिएको यो फिल्ममा तीन पुरुष र तीन महिला पात्रको शीर्ष भूमिका छ ।

विनोद न्यौपाने, कुशल विष्ट, फलित राई, लक्ष्मी बर्देवा, आश्मा गिरी, जान्वी बस्नेत, राजाराम पौडेल, रविन्द्र झा लगायतको शीर्ष भूमिका छ ।

फिल्ममा त्रिरत्न श्रेष्ठको निर्माण, साजित महतको प्रस्तुति, विक्रम तामाङको कार्यकारी निर्माण, प्रतिमा थापा पोखरेल र दुर्गालक्ष्मी पाण्डेको सहनिर्माण छ । निर्देशक भट्टराईको यो पाँचौ निर्देशकीय फिल्म हो ।

* समाचारको शीर्षक र सन्दर्भ परिवर्तन गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?