+
+

चाँडै योग्य उपकुलपति सिफारिस गर्न पूर्व उपकुलपतिहरुको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २६ गते १८:५६

२६ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस समितिलाई चाँडै योग्य उपकुलपति सिफारिस गर्न पूर्व उपकुलपतिहरुले आग्रह गरेका छन् ।

पूर्व उपकुलपतिहरु महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, कमलकृष्ण जोशी र नविन जंग शाहले शुक्रबार विज्ञप्ति जारी गर्दै त्रिविलाई थप समय नेतृत्वविहीन नबनाउन अनुरोध गरेका छन् ।

उनीहरुले विज्ञप्तिमा भनेका छन् ‘त्रिभुवन विश्वविद्यालय नेतृत्वविहीन रहेको लामो समय व्यतित भइसकेको छ । अब अरु ढिलो नगरी सिफारिस समितिले यथाशिघ्र उत्कृष्ट उम्मेदवारको सिफारिस गर्न पनि हामी आग्रह गर्दछौं ।’

विश्वविद्यालयको उपकुलपतिमा प्राज्ञिक एवं विश्वविद्यालय हाँक्ने क्षमता भएकालाई प्राथमिकता दिन समेत अनुरोध गरेका छन् । साथै नियुक्त उपकुलपतिलाई अन्य पदाधिकारीहरु समेतको आफ्नै टोली बनाएर काम गर्ने वातावरण बनाउनुपर्ने समेत विज्ञप्तिमा उल्लेख गरेका छन् ।

पूर्व उपकुलपतिहरुले विश्वविद्यालयहरुको नेतृत्व चयनमा अदृश्य रुपमा भागबन्डाले आश्रय पाएमा नेपालको उच्च शिक्षालाई अझ कमजोर बनाउने भन्दै समितिलाई सचेत गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?