+
+

असफल सिद्ध भइसकेका व्यक्ति त्रिविको उपकुलपति नियुक्त हुँदैछन् : ओली

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ७ गते १४:३४

७ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असफल सिद्ध भइसकेको व्यक्ति त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त हुनसक्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्रीले उपकुलपतिमा भागवण्डा पनि नभई एकलौटी गरेको टिप्पणी गरे ।

‘एउटा समिति बनाउने छानबिन गर्ने यताउती गर्ने असफल सिद्ध भइसकेका मानिसहरुको छनोट गर्ने । अहिले ३ जना सिफारिस भएको छ क्यारे, तीन जनामा पनि तेस्रोचाहिँ नियुक्त होलाजस्तो लाग्छ छाँटकाँट हेर्दा’ ओलीले भने ।

उनले अगाडि भने, ‘किनभने अलि बढ्तै असफल मान्छे चाहियो नि । त्यसो भएर तृतीय नम्बरको नियुक्त हुनुहोला कि जस्तो लाग्छ ।’

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षामन्त्री अशोक राईको नेतृत्वमा सिफारिस समिति बनाएका थिए । सिफारिस समितिले चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमलाको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?