+
+

बैंकिङ प्रणालीबाट २५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २६ गते १९:१७

२६ माघ, काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आइतबार २५ अर्ब खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल उपकरण मार्फत ७ दिनका लागि २५ अर्ब तरलता खिच्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

२४ माघमा राष्ट्र बैंकले ४० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोल गर्ने सूचना प्रकाशित गरेपनि त्यसलाई क्यान्सिल गरेको थियो । २६ माघ शुक्रबार १० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्दा २७ अर्ब ९० करोडको आवेदन परेको थियो । उक्त बोलकबोलमा बैंकहरुले अधिकतम ३.००९९ प्रतिशत र न्यूनतम २.७९८४ प्रतिशत ब्याजदर प्रस्ताव गर्दा औसत २.९४४४ प्रतिशत ब्याजदर कायम भएको थियो ।

लगातार तरलता खिच्दा पनि अन्तर बैंक औसत बयाजदर ३ प्रतिशत भन्दा तलै भएपछि राष्ट्र बैंकले आइतबार पनि २५ अर्ब तरलता खिच्ने निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको हो ।

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट खिचेको तरलता ८६ अर्ब ३० करोड छ । आइतबार थप २५ अर्ब खिच्ने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?