+
+

रणवीर कपुर स्टारर ‘रामायण’मा शूर्पणखाको भूमिकामा देखिंदै रकुल प्रीत सिंह

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २७ गते २०:२९

काठमाडौं । यतिबेला नितेश तिवारीको बिग बजेटको बलिउड फिल्म ‘रामायण’को चर्चा भइरहेको छ । यसको कास्ट र मेकिङको बारेमा हरेक दिन रोचक अपडेट बाहिर आइरहेका छन् ।

अहिले रावणकी बहिनी शूर्पणखाको चरित्रको बारेमा अपडेट आएको छ । यो भूमिकामा अभिनेत्री रकुल प्रीत सिंह देखिने बताइएको छ । यद्यपि अहिलेसम्म आधिकारिक घोषणा भने भएको छैन । तर शूर्पणखाको भूमिकाका लागि रकुल प्रित सिंहसँग वार्ता भइरहेको खबर छ ।

‘पिंकभिल्ला’का अनुसार निर्देशक तिवारी ‘रामायण’मा शूर्पणखाको भूमिकाका लागि रकुल प्रीतसँग सम्पर्कमा छन् । यदि यो कुरा मिल्यो भने, उनले फिल्ममा रावणकी बहिनीको भूमिका निर्वाह गर्नेछिन् । अर्थात, ‘रामायण’ मा रावणको भूमिका निर्वाह गर्ने यशकी बहिनीको भूमिकामा रकुल प्रीत सिंह देखिनेछिन् ।

बाल्मिकी ‘रामायण’मा शूर्पणखा नामक पात्र थिइन्, जसका कारण राम र रावण आमनेसामने भए र भयंकर युद्ध भयो । यस सन्दर्भमा, यो कास्टिङ धेरै महत्वपूर्ण छ । शूर्पणखाको भूमिकाका लागि रकुलले पनि लुक टेस्ट दिएकी थिइन् भन्ने दाबी गरिएको छ ।

यदि सबै ठीकठाक अघि बढ्यो भने, रकुल प्रीतले विवाहपछि यसको सुटिङ गर्नेछिन् । ज्याकी भगनानीसँग उनले फेब्रुअरी २१ म गोवामा विवाह गर्दैछिन् ।

नितेश तिवारीको फिल्म ‘रामायण’मा अभिनेता रणवीर कपुर भगवान श्रीरामको भूमिकामा देखिनेछन् । अभिनेत्री साई पल्लवीले माता सीताको भूमिका निर्वाह गर्नेछिन् । अन्य क्यारेक्टरका लागि पनि धेरै ठूला नामहरू फाइनल भएका छन्, जसमा रावणका लागि ‘केजीएफ’ स्टार यशको नाम र हनुमानका लागि सनी देओलको नाम पुष्टि भएको बताइएको छ । कैकेयीको भूमिकाका लागि लारा दत्तको नाम पक्का भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?