+
+

रकुल प्रीतले गरिन् फिल्म निर्माता भगनानीसँग विवाह

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते १३:२९

काठमाडौं । बलिउड अभिनेत्री रकुल प्रीत सिंह र निर्माता ज्याकी भगनानीले विवाह गरेका छन् । यो विवाह समारोह बुधबार भारतको दक्षिण गोवास्थित आईटीसी ग्रान्ड होटलमा आयोजना गरिएको थियो ।

यो जोडीको विवाहमा बलिउडका धेरै सेलिब्रेटी पनि उपस्थित थिए, जसले समारोहका धेरै तस्वीरलाई सामाजिक सञ्जालमा सेयर गरेका थिए । भाइरल भएका यी तस्वीरमा विवाहका केही कार्यक्रम पनि देख्न सकिन्छ ।

वैवाहिक समारोहमा अभिनेत्री शिल्पा शेट्टीले पति राज कुन्द्रासँग प्रस्तुति दिएकी थिइन् । शाहिद कपुर, भूमि पेडनेकर, अनन्या पाण्डे र आयुष्मान खुराना पनि श्रीमती ताहिरा कश्यपसँग देखिएका थिए ।

कार्यक्रममा शाहिदको फोटो भाइरल भएको छ । जसमा उनी सेतो पारम्परिक पहिरनमा देखिएका छन् । शाहिद यहाँ आफ्ना साथीहसँग रमाइलो गर्दै देखिएका थिए । कार्यक्रममा पुगेकी अभिनेता मोहित मारवाहकी पत्नी अन्ताराले पनि केही तस्वीर सेयर गरेकी छन् ।

यो विवाहमा अभिनेत्री अनन्या पाण्डे पनि सहभागी थिइन् । उनी यहाँ सुनौलो रंगको साडीमा देखिएकी थिइन् । उनीसँगै अर्पिता मेहता, जान्हवी धवन र अन्तारा मोतीवाला मारवाह पनि देखिएका थिए ।

विवाहपछि यो जोडीले सामाजिक सञ्जालमा तस्वीर सेयर गरेका छन् । रकुल प्रीतले विवाहको तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै लेखेकी छिन्, ‘अब तिमी सधैंका लागि मेरो हौ । यससँगै उनले विवाहको मिति (२१–०१–२०२४) पनि समावेश गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?