+
+

काठमाडौंको डिभिजन सडक कार्यालयमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते १६:५६

२८ माघ, काठमाडौं । काठमाडौंको बानेश्वरस्थित सडक डिभिजन कार्यालयमा आगलागी भएको छ । आइतबार दिउँसो ३ बजे सडक डिभिजन प्रमुख नारायणदत्त भण्डारीको सरकारी निवासमा आगलागी भएको हो ।

आगलागीबाट ल्यापटप, सरकारी कागजात, व्यक्तिगत कागजात र केही रकम जलेको भण्डारीले जानकारी दिए । विद्युत सर्ट भएर सुरु भएको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र काठमाडौं महानगरपालिकाको बारुणयन्त्रको सहयोगमा निभाइएको थियो ।

‘नेपाल प्रहरी, सशस्त्र प्रहरी र हाम्रो टोलीले २० मिनेट भित्र आगलागी नियन्त्रण गरेको हो । क्षतिको विवरण आइसकेको छैन’, महानगरपालिकाको वारुणयन्त्र शाखाका प्रहरी निरीक्षक ध्रुव भुजेलले भने ।

उनका अनुसार क्यान्टिनको भान्छा, खाजा खाने ठाउँको रुपमा प्रयोग हुने अस्थायी टहरामा क्षति पुगेको काठमाडौं महानगरपालिकाको नगर प्रहरीले जनाएको छ ।आगलागी नियन्त्रण गर्न अस्थायी टहरा भत्काएर दमकलको प्रयोग भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?