+
+

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते १७:०५

२८ माघ, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

महासमिति बैठकको अगाडि ३ फागुनमा केन्द्रीय समिति बैठक बोलाइएको हो ।

फागुन ७ देखि १० सम्म हुने महासमितिको बैठकका सम्बन्धमा छलफल गर्ने गरी केन्द्रीय समितिको बैठक आव्हान गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए ।

‘महासमिति बैठकमा पेश गरिने एजेण्डाहरुमा छलफल गर्न महासमिति बैठक बोलाइएको हो,’ मुख्य सचिव पौडेलले भने ।

केन्द्रीय समिति बैठकले महासमिति बैठकमा पेश हुने प्रतिवेदनहरु पनि अनुमोदन गर्ने भएको छ । महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले प्रतिवेदन पेश गर्नेछन् ।

खड्काले नीति, थापाले सांगठनीक र शर्माले समसायीक राजनीतिक प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?