+
+

स्थानीय तहसँग सरकारले माग्यो सार्वजनिक, ऐलानी र पर्ती जग्गाको विवरण

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते १४:०२

२९ माघ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरिका स्थानीय तहसँग जग्गाको विवरण माग गरेको छ ।

मन्त्रालयले पत्र पठाउँदै पालिकाहरुलाई ७ दिनभित्र सार्वजनिक, सरकारी (ऐलानी, पर्ती, श्रेस्ता कायम भएका/नभएका तथा अन्य) सबै जग्गाको विवरण उपलब्ध गराउन भनेको हो ।

मन्त्रालयका अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ मा गाउँपालिका वा नगरपालिकाको अधिकार क्षेत्रमा सार्वजनिक, ऐलानी र पर्ती जग्गा, सार्वजनिक भवन तथा भौतिक पूर्वाधारको संरक्षण र सुरक्षा सम्बन्धी व्यवस्था रहेको छ ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?