+
+
Shares

‘सार्वजनिक जग्गा सरकारको, सुकुमवासी जनता कसको ?’

शनिबार काठमाडौंको माइतीघरमा जेनजी सेन्टरका अभियान्ताहरूले सुकुमवासी बस्तीमा डोजर चलेको घटनाको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ वैशाख १९ गते १४:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले काठमाडौं उपत्यकाका नदी किनारका सुकुमवासी बस्ती खाली गर्न दोस्रो चरणमा अतिक्रमित संरचना हटाउन थालेको छ।
  • शनिबार माइतीघरमा जेनजी सेन्टरका अभियान्ताहरूले सुकुमवासी बस्तीमा डोजर चलेको विरोधमा प्रदर्शन गरेका छन्।
  • बालाजु, स्वयम्भू लगायतका क्षेत्रमा डोजरले घर–टहरा भत्काएको र प्रदर्शनमा 'सार्वजनिक जग्गा सरकारको, सुकुमवासी जनता कसको ?' नारा लेखिएको छ।

१९ वैशाख, काठमाडौं । सरकारले उपत्यकाका नदी किनारमा रहेका सुकुमवासी बस्ती खाली गराउने कदमको विरोध भएको छ ।

शनिबार काठमाडौंको माइतीघरमा जेनजी सेन्टरका अभियान्ताहरूले सुकुमवासी बस्तीमा डोजर चलेको घटनाको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरूले विभिन्न नारा लेखिएका प्लेकार्ड लिएर प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरूले बोकेको प्लेकार्डमा ‘सार्वजनिक जग्गा सरकारको, सुकुमवासी जनता कसको ?’, ‘बरू बाढीबाट बचियो तर सरकारबाट बच्न सकिएन’, ‘खोइ मानवता डोजरले पुर्‍यो’, ‘सुकुमवासी जनता नेपालमा पर्छन् कि पर्दैनन् ?’ लगायतका नारा लेखिएको छ ।

शनिबार बिहान बालाजु, स्वयम्भू लगायतका क्षेत्रका नदी आसपासमा धमाधम डोजर चलिरहेको छ । यसैबीच बालाजुस्थित काठमाडौं महानगरपालिका–१९ मा रहेको बुद्धज्योती बाल उद्यम आधारभूत विद्यालयमा पनि डोजर चलेको हो ।

यसअघि शुक्रबार बल्खु, बालाजु, शंखमुल, वंशीघाटलगायतका सुकुमवासी बस्तीका घर–टहरा भत्काएको थियो ।

सरकारले हिजोदेखि काठमाडौंमा दोस्रो चरणमा अतिक्रमित संरचना हटाउन थालेको हो ।

पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल, गैरीगाउँ आसपास बनेका संरचना हटाइएको थियो ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?