+
+

अर्थमन्त्रीले घटाए बजेट लक्ष्य, ८७ प्रतिशत मात्रै खर्च हुने (पूर्णपाठ)

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते १६:३१
फाइल तस्वीर

२९ माघ, काठमाडौं । सरकारले बजेटको लक्ष्य घटाएको छ । सोमबार चालु आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आवमा ८७.३८ प्रतिशत मात्रै खर्च हुने बताए ।

चालु आवमा १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएका अर्थमन्त्री महतले संशोधित अनुमान अनुसार १५ खर्ब ३० अर्ब २६ करोड मात्रै खर्च हुने बताए ।

जसमध्ये पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशत मात्रै खर्च हुने उनको भनाइ छ । चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८.२४ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान रहेको बताए ।

वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन गरिएकोमा ८७.३९ प्रतिशत खर्च हुने अनुमान उनको छ ।

स्रोत व्यवस्थातर्फ राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड र आन्तरिक ऋण २ खर्ब ४० अर्ब उठाउने लक्ष्य लिइएकोमा राजस्व र आन्तरिक ऋणबाट १३ खर्ब ९ अर्ब ३० करोड ८६ लाख मात्रै उठ्ने संशोधित अनुमान प्रस्तुत गरे ।

सरकारले लक्ष्यअनुसार नै आन्तरिक ऋण उठाउने अवस्था देखिएकाले राजस्व लक्ष्यभन्दा धरै कम करिब १० खर्ब ६९ अर्ब मात्रै उठ्न अनुमान अर्थमन्त्री महतको देखिन्छ ।

यस्तै अनुदानबाट ४९ अर्ब ९४ करोड प्राप्त हुने अनुमान संशोधन गरिएको छ । अब ४० अर्ब १२ करोड ९ लाख प्राप्त हुने उनले बताए । वाह्य ऋण २ खर्ब १२ अर्ब ७५ करोडको अनुमान संशोधन गर्दै १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख प्राप्त हुने संशोधित अनुमान उनको छ ।

पूर्ण पाठ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?