+
+
WC Series
पोखरा एभेन्जर्स 2025
25/3 (5.6)
VS
८४ बलमा १६९ रन आवश्यक
सुदूरपश्चिम रोएल्स 2025
193/7 (20)
Shares

कोकिल मिडिया एजेन्सीलाई विज्ञापन बोर्डले गर्‍यो कारबाही

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते १८:४३

२९ माघ, काठमाडौं । विज्ञापन बोर्डले एड एजेन्सी कोकिल मिडियालाई कारबाही गरेको छ ।

बोर्डले कोकिल मिडियालाई दश हजार रुपैयाँ जरिवाना गर्नुका साथै आगामी असारसम्म एजेन्सीको विज्ञापन कारोवार रोक्का गर्ने निर्णय गरेको छ ।

कोकिल मिडियाले ५२ वटा एफएम रेडियोमा नसर्ने रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी विज्ञापन प्रति स्पट १०६ रुपैयाँ ६१ पैसामा प्रसारण गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रसँग १२ असोजमा सम्झौता गरेको थियो ।

तर कोकिल मिडियाले २० वटा एफएम रेडियोमा मात्र विज्ञापन प्रसारण गरेको पाइएको छ । त्यसमा पनि प्रति स्पट ११ रुपैयाँ ११ पैसामा विज्ञापन प्रसारण गरी ९८ रुपैयाँ ५० अर्थात ९८६.५८ प्रतिशत सेवा शुल्क लिएको पाइएको बोर्डले जनाएको छ ।

१९ माघमा बसेको बोर्डको बैठकले कोकिल मिडिया एजेन्सीको विज्ञापन कारोबार २०८१ साल असार मसान्तसम्म रोक्का राख्ने र यस अवधिमा एजेन्सीलाई विज्ञापन बोर्डमा सूचीकरण नगर्ने निर्णय गरेको छ ।

विज्ञापन बोर्डले आगामी असार मसान्तसम्म कोकिल मिडियासँग कुनै प्रकारको विज्ञापन कारोवार नगर्न विज्ञापनदाता तथा सञ्चार माध्यमलाई अनुरोध समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?