+
+

श्रीमान्‌को सहयोगमा एकल महिला भत्ता लिएपछि…

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १ गते १८:४२

१ फागुन, काठमाडौं । जीवित पतिलाई मरेको भनी मृत्युदर्ता प्रमाणपत्रका आधारमा सामाजिक सुरक्षा (एकल महिला) भत्ता लिएको आरोपमा विशेष अदालतले रामेछापकी एक महिला र वडा सचिवलाई दोषी ठहर गरेको छ ।

विशेष अदालतले रामेछापकी निर्मला खत्रीलाई ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना गरेको हो । आवश्यक प्रमाण नै नबुझी मृत्युदर्ता प्रमाणपत्र बनाई भत्ता दिएको आरोपमा रामेछापको मन्थली नगरपालिका–३ का वडा सचिव शिवकुमार महतो पनि दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनलाई पनि ३ महिना कैद र १० हजार रुपैयाँ जरिवाना गरेको हो ।

अख्तियारमा उजुरी दर्ता हुँदा ‘आफू जीवितै छँदा श्रीमतीलाई एकल महिला भत्ता खुवाएको’ भनी उजुरी परेको थियो । पछि छानबिन हुँदा निर्मला खत्रीले जीवित श्रीमानको मृत्यु भएको भनी मृत्युदर्ताको निवेदन दिएको खुल्यो ।

त्यसक्रममा वडा सचिव महतोले मिलेमतो गरी मृत्युदर्ता प्रमाणपत्र दिएको खुल्यो । अख्तियारले मृतक भनिएका व्यक्तिका बारेमा भने केही उल्लेख गरेन । तर अरु दुई जनालाई मुद्दा चलायो ।

मृत्युदर्ता प्रमाणपत्रका आधारमा उनले ४५ हजार २२० रुपैयाँ रकम भुक्तानी लिइसकेकी थिइन् । अख्तियारले वडा सचिवलाई योजनाकार र भत्ता लिने महिलालाई मतियारको रुपमा अदालतमा पेश गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?