+
+

विकास बैंक र फाइनान्स चम्किँदा बढ्यो बजार, ५ कम्पनीमा १० प्रतिशत वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते १५:१८

२ फागुन, काठमाडौं । विकास बैंक र फाइनान्स समूह चम्केपछि  बुधबारको सेयर बजार सम्हालिएको छ । अघिल्लो दिन ३० अंकले बजार घटेको थियो । बुधबार भने दुई समूह उच्च दरमा बढ्दा बजारको परिसूचक नेप्से नै ५.९१ अंक बढ्न पुग्यो । विकास बैंक २.३८ र फाइनान्स समूह ६.५ प्रतिशत बढे । जसले गर्दा उच्च पुँजीकृत समूह बैंकिङ तथा हाइड्रोपावर घट्दा पनि समग्र बजार बढ्न पुग्यो ।

यस दिन कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ४ अर्ब ६६ करोडको कारोबार भएकोमा बुधबार ४ अर्ब २५ करोडको भयो । कुल १३२ कम्पनीको मूल्य बढ्दा १११ को घट्यो भने ४ को स्थिर रह्यो ।
बैंकिङ २, होटल तथा पर्यटन ८, हाइड्रोपावर ३, जीवन बीमा २८ तथा ब्यापार समूह १० अंक घटे । अन्य १८, निर्जीवन बीमा ४३, माइक्रोफाइनान्स १२, उत्पादन ५, फाइनान्स ११६ र विकास बैंक समूह ९६ अंक बढे ।

५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । नेपाल फाइनान्स, बोटलर्स नेपाल, पाँचथर पावर, समाज लघुवित्त र जोशी हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । श्रीइन्भेस्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स, बेस्ट फाइनान्स, सेन्ट्रल फाइनान्स र नेपाल हाइड्रो डेभलपर्सको मूल्य ८ प्रतिशत बढ्यो ।

दोर्दीखोला जलविद्युतको ५.२, पिपुल्स पावरको ५, कुथली बुकरी स्मल हाइड्रोको मूल्य ४.८ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, गोर्खा फाइनान्स, प्राइम कमर्सियल बैंक संस्थापक, जोशी हाइड्रोपावर र नेपाल फाइनान्स क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?