+
+
आईसीसी विश्वकप लिग–२ :

नामिबिया र नेदरल्याण्ड्स सम्मिलित शृंखला खेल्न नेपाल उत्साहित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते १८:०९

२ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईले आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत नामिबिया र नेदरल्याण्ड्स सम्मिलित शृंखलाका लागि आफूहरु उत्साहित रहेको बताएका छन् ।

भोलि बिहीबारदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुन लागेको प्रतियोगिताको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा कप्तान रोहितले यो शृंखलाका लागि पूरै टिम उत्साहित रहेको बताए ।

उनले क्यानडासँगको एक दिवसीय शृंखलामा सोचे जस्तै भएको भन्दै उनले यो शृंखलाबाट सबै जनालाई राम्रो तयारी भएको बताए ।

प्रशिक्षक मोन्टी देशाईले क्यानडासँगको टिममा परेका नयाँ खेलाडीले पाएको अवसरलाई सदुपयोग गरेका भन्दै खुसी व्यक्त गरे ।

एसोसियन क्रिकेटको ५ वर्षको साइकल सहज नभएको बताउँदै मोन्टी देशाईले यो यात्राको सुरुवात राम्रो गर्नु पर्ने बताए ।

उनले नामिबिया र नेदरल्याण्ड्स राम्रो टोली रहेको भन्दै आफूहरुले वान बल ब्याटलको सिद्धान्त अनुसार उनीहरुसँग राम्रो खेल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?