+
+

नेपालले खेल्ने टी-२० आई त्रिकोणात्मक सिरिजको खेल तालिका सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २६ गते २०:०६

२६ माघ, काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग २ पछि नेदरल्यान्ड्स नामिबियासँग खेल्ने टी-२० आई सिरिजको खेल तालिका सार्वजनिक गरेको छ ।

नेपालले त्रिकोणात्मक सिरिजमा पहिलो खेल फागुन १५ (फेब्रुअरी २७) मा नामिबिया र दोस्रो खेल फागुन १६ (फेब्रुअरी २८) मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

नेपालले फागुन १८ मा (मार्च १ ) नामिबिया र फागुन १९ (मार्च २) मा नेदरल्यान्ड्सँग खेल्नेछ । फाइनलमा पुग्ने दुई टोलीले फागुन २२ मा (मार्च ५) मा प्रतिस्पर्धा गर्नेछन् ।

सबै खेल त्रिवि क्रिकेट मैदानमा हुनेछन् । सबै खेल बिहान साढे ११ बजे सुरु हुनेछन् ।

नेपाली क्रिकेट टोली आगामी दुई महिना निकै ब्यस्त रहनेछ । नेपालले तीन खेलको ओडीआई सिरिज अन्तर्गत दोस्रो खेल शनिबार र तेस्रो खेल सोमबार खेल्नेछ । पहिलो खेलमा नेपाल बिहीबार ७ रनले विजयी भएको थियो ।

क्यानडापछि लिग २ को सिरिज हुनेछ । लिग २ फागुन ३ देखि १३ सम्म हुनेछ । नेपालले लिग २ मा फागुन ३ मा नामिबिया र फागुन ५ मा नेदरल्यान्ड्ससँग खेल्नेछ । फागुन ९ मा नामिबिया र फागुन १३ मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

नेपाल टी-२० आई त्रिकोणात्मक सिरिजपछि हङकङ जानेछ । हङकङ, नेपाल, ओमान र युएईबीच चार देश सम्मिलित टी-२० आई सिरिज पनि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?